काठमाडौं - बीमा समितिले कृषि तथा पशुपन्छी बीमालेख परिमार्जन गर्ने भएको छ । हाल प्रचलनमा रहेका कृषि तथा पशुपन्छी बीमालेखहरूलाई समय सापेक्षरूपमा परिमार्जन गर्ने कार्यलाई समितिले अगाडि बढाएको हो ।
यस्तै समितिमा माग भई आए बमोजिमका बीमालेखहरू बनाउने कार्य पनि शुरू गरेको समितिले जनाएको छ । ड्रागन फ्रुट,किबी र नर्सरी लगायतको बीमालेख समितिले बनाउने भएको हो ।
त्यस मध्ये पनि ड्रागन फ्रुटको बीमालेख बनाउने कार्य शुरू भइसकेको समितिले जनाएको छ ।
समितिले बीमालेख परिमार्जन गरी संशोधनका लागि समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा कृषितथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग र पशु सेवा विभागका प्रतिनिधिहरूका साथै सम्बन्धित क्षेत्रका एकजना विज्ञ रहेका एक उपसमिति गठन गरेको छ ।
प्रतिक्रिया