तस्करीमा संलग्न पिकअप र चालकसहित २० लाख २६ हजार मूल्य बराबरको अवैध सामग्री बरामद

४ बर्ष अगाडि

काठमाडौं - नवलपरासीमा तस्करीमा संलग्न एउटा पिकअप र पिकअप चालक सहित २० लाख २६ हजार मूल्य बराबरको अवैध सामग्री बरामद गरिएको छ ।

शुक्रवार  सुस्ता गाउँपालिका वडा नं. २ कुडीयास्थित  भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १५ लाख १० हजार मुल्य बराबरका १७ वटा खसी, बागमती प्रदेश ०३–००१ च १२४६ नं. को पिकअप गाडी र पिकअप चालक समेतलाई प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरी टोलीले  नियन्त्रणमा लिएको हो ।

यसैगरी सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरमा  भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको पहेंलो तोरीको बीउ–७४ प्याकेट अन्दाजी ८३ हजार २ सय ५० मुल्य बराबरको सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ कुस्मस्थित  भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको चिनि १५० के.जि. र नरिवल ४ के.जि.  अन्दाजी १३ हजार १ सय ६० मुल्य बराबरको ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।  

साथै सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरस्थित अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको पाँच वटा राँगा र एएटा भैँसी अन्दाजी ४ लाख २० हजार मूल्य बराबरको सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया