काठमाडौं - सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत वर्षको तुलनामा यस वर्ष खसीबोकाको मूल्य बढेको जानकारी दिएको छ ।
कम्पनीका अनुसार दाङमा नै २५ केजीदेखि माथिका खसीको मूल्य प्रतिकिलो ५६५ रुपैयाँर २० देखि २५ केजीका खसी प्रतिकेजी ५५०, बोकाको ५४५ रुपैयाँ निर्धारण गरिएको छ । सो स्थानबाट काठमाण्डौं ल्याउँदा थप महङ्गो भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा बिक्रीका लागि काठमाण्डौं ल्याउने २ हजार खसीबोकामध्ये शुक्रबार बेलुकासम्म हेटौँडा र दाङका किसानबाट ७३० वटा खसीबोका उपत्यका ल्याइसकेको छ ।
सूचना अधिकारी सुवेदीका अनुसार बिहीबार दाङबाट २२९ र हेटौंडाबाट हिँडाइएको ३०२ गरी तीन वटा ट्रकबाट शुक्रबार बिहान ५३१ खसीबोका काठमाडौं आईपुगेको हो । थप १९९ वटा खसीबोका शुक्रबार साँझ आइपुगेको हो ।
कम्पनीले ल्याउने भनिएको२ हजार खसीबोका ल्याउने काम जारी रहेको बताउँदै आवश्यकता र माग अनुसार खसीबोका ल्याइने उनले जानकारी दिइन् ।
प्रतिक्रिया