बजार अनुगमन तीव्र, आठ व्यापारीलाई कारबाही

४ बर्ष अगाडि

काठमाडौं - जिल्ला जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले एक सातादेखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारको अनुगमन थालेको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकतृ पदमलाल लामिछानेको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय तह, प्रहरी तथा राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिको संयुक्त टोलीले यहाँका भेरीगङ्गा, गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका बजारमा अनुगमन गरेको छ । 

अनुगमनका क्रममा टोलीले रु ३५ हजार बराबरको अखाद्य वस्तु बरामद गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले जानकारी दिए । गत भदौ १९ गते कर छली गरेको भन्दै उक्त सप्लायर्स आन्तरिक राजस्व कार्यालयले पनि छापा हानेर ४०९ प्याकेट अवैध सुर्तीजन्य पदार्थ बरामद गरी सञ्चालक लक्ष्मीप्रसाद भुसाललाई कारबाही प्रक्रिया अगाडि बढाएको थियो । 

त्यसैगरी प्रशासनको अगुवाइमा सुर्खेतका पूर्वी क्षेत्रमा अवस्थित सिम्ता गाउँपालिकाको राकम, जामुने तथा गुर्भाकोट नगरपालिकाको बोटेचौर, मेहलकुना र भेरीगङ्गा नगरपालिकाको छिन्चु बजार क्षेत्रमा पनि प्रशासनले अनुगमन गरेको छ ।

आठ व्यापारीलाई कारबाही
जिल्लामा म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण गर्ने आठ व्यापारीलाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा बिहीबार यहाँका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर तथा दिपायलमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा बजारमा म्याद नाघेका गैर खाद्यवस्तु बिक्री वितरण गर्ने व्यापारीलाई कारबाही गरिएको हो ।

अनुगमनका क्रममा कारबाहीमा परेका पसलमा घटाल सप्लायर्स, जानकी डेरी एण्ड मिष्ठान भण्डार, देउवा टेडर्स किराना एण्ड तरकारी पसल, राजन किराना पसल पिपल्ला, कलेल टेर्डस एण्ड सप्लायर्स तथा न्यू जोशी खुद्रा पसल राजपुरलगायत छन् । 

कारबाहीमा परेका पसललाई उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही गरिएको र म्याद नाघेका अखाद्य वस्तु नियन्त्रणका लिएर नष्ट गरिएको संयुक्त बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रजिअ जोशीले बताउनुभयो । 

यहाँका १४ पसलमा मात्रै अनुगमन गर्दा यति ठूलो सङ्ख्यामा अखाद्य वस्तु बिक्री वितरण गर्ने गरेको पाइएको हो । अनुगमन टोलीले खाद्यान्न तथा किराना पसल, रेष्टुरेन्ट तथा मासु पसलको समेत अनुगमन गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया