सुन आयात कोटा घट्न सक्ने

४ बर्ष अगाडि

काठमाडौं - सुनचाँदी व्यवसायीहरुले विद्यमान दैनिक २० किलो सुन अप्रयाप्त भएको भन्दै कोटा बढाउन माग गरिरहेको बेला नेपाल राष्ट्र बैंकले भने सुन आयातको कोटा घटाउने संकेत गरेको छ । 

उच्च आयात तथा रेमिट्यान्सको आप्रवाहमा कमी आएसंगै विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुन आयात कोटा पनि घटाउने संकेत गरेको हो ।

राष्ट्र बैंकले हालका लागि दैनिक २० किलो सुन आयात गर्न अनुमति दिएको छ । व्यवसायीको सिफारीसमा वाणिज्य बैंक मार्फत उक्त सुन आयात हुने गर्छ ।

हालको व्यवस्था अनुसार दैनिक आयात हुने सुन मध्ये बाग्मती अञ्चलका ८ वटा जिल्लालाई ५० प्रतिशत अन्य जिल्लाका लागि ५० प्रतिशतका दरले वितरण गर्दै आएको छ । 

यसरी वितरण हुने सुन प्यान नम्बर भएका व्यवसायीले मात्र खरिद गर्न पाउने व्यवस्था रहेको बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया