काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो बुधबार प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ९५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
हिजो बुधबार प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार १७० रुपैयामा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया