काठमाडौं - विदेशमा वस्तु निर्यात तथा सेवा प्रदान गर्ने व्यवसायीले अग्रिम भुक्तनीका लागि आवश्यक पर्ने बैंक ग्यारेन्टी ५० करोड अमेरिकी डलरसम्मको स्ट्याण्डवाई लेटर अफ क्रेडिट लिन सक्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै विदेशमा वस्तु निर्यात तथा सेवा प्रदान गर्ने लगायतका व्यवसायका लागि आवश्यक अग्रिम भुक्तानीका लागि व्यावसायीले वाणिज्य बैंक मार्फत ५० लाख अमेरिकी डलर सम्मको विड वण्ड, परफमेन्स वण्ड वा स्ट्याण्डवाई एलसीको सुविधा लिन सक्ने भएका छन् ।
यस्तो बैंक ग्यारेन्टी वा स्ट्याण्डवाई एलसी जारी गर्दा बैंकले आवश्यकता सम्बन्धी आधिकारिक कागजात लिनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
यो व्यवस्थाले विदेशमा काम गर्ने ठेगदार कम्पनी, आइटीसम्बन्धी कम्पनी लगायतका लागि सहज हुने छ । यो बैंक ग्यारेन्टीका लागि विदेशी मुद्रा आर्जन गरेर नेपाल भित्राउँदै आएको हुनुपर्छ ।
केन्द्रीय बैंकले विदेशी मुद्राको सञ्चिती बढाउनका लागि यस्तो व्यवस्था गरेको हो । यसभन्दा अघि विप्रेषणको कारोबार गर्ने कम्पनीहरुका लागि मात्र २ लाख अमेरिकी डलरसम्मको बैंक ग्यारेन्टी सुविधा दिएको थियो ।
तर, पछिल्लो निर्देशन मार्फत अन्य कम्पनी तथा संस्थाहरुले पनि यस्तो सुविधा पाउने भएका हुन ।
प्रतिक्रिया