बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज सातको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।   

गत शुक्रबार प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

गत शुक्रबार प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया