एयर इन्डिया बिक्री भएको खबरको भारत सरकारद्धारा खण्डन

४ बर्ष अगाडि

एजेन्सी - भारत सरकारले आफ्नो ध्वजा बाहक विमान कम्पनी एयर इन्डिया बिक्री गरेको समाचारको खण्डन गरेको छ । सरकारले बिमान बिक्री गर्ने विषयको कुनै निर्णय नभएको प्रष्टोक्ति दिएको छ ।

तर स्रोतहरुका अनुसार भारत सरकारले विमान बेचेको खबर लुकाएको भएपनि  टाटा ग्रुपलाई शेयर बिक्री गरिसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यस अघि एयर इन्डिया अब टाटा ग्रुपको भएको खबर आएको थियो । खबरमा भारत सरकारले बोल कबोलमा टाटा सन्सले लगाएको मूल्य स्वीकार गरेको छ । सरकारले एयर इन्डियाको शतप्रतिशत शेयर बिक्रीको लागि बोल कबोल आह्वान गरेको थियो । एयर इन्डियाको अर्को कम्पनी एयर इन्डिया सैट्सको पनि सरकारले ५० प्रतिशत हिस्सा बिक्री गर्ने छ ।

अत्यधिक ऋणको भारले थलिएको एयर इन्डियालाई बिक्री गर्न भारत सरकार असफल हुँदै आएको थियो । सन् २०१८ मा सरकारले ७६ प्रतिशत हिस्सेदारी बेच्नको लागि बोल कबोल आह्वान गरेको थियो । 

तर त्यति बेला सरकारले व्यवस्थापन भने आफैँ राख्ने शर्त राखेको थियो । तर उक्त शर्तका कारण कसैले पनि खरिद गर्न चासो नदिएका कारण सरकारले व्यवस्थापनसहित  एयर इन्डिया बिक्री गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया