काठमाडौं - संयुक्त अधिराज्य बेलायतमा नेपाली ‘कोदोको रक्सी’को बिक्री सुरु भएको छ । नेपालीमूलका बेलायतीले कोदो लिमिटेड कम्पनी स्थापना गरी रक्सीको ब्रान्डिङ गरेका हुन् ।
कम्पनीका अनुसार विशुद्ध कोदोको रक्सीको मूल्य २६ पाउन्ड स्टर्लिङ अर्थात् एक बोतलको नेपाली रुपैयाँ करिब ४१ सय ६५ रुपैयाँ छ । यो ७० सेन्टिलिटर ९७ सय मिलिलिटर० को हुन्छ । पियोर कोदोमा ४० प्रतिशत अल्कोहल हुन्छ ।
त्यस्तै तीनपाने कोदोको रक्सी १३ पाउन्ड स्टर्लिङ अर्थात् २ हजार ८० रुपैयाँ रहेको छ । योचाहिँ २० सेन्टिलिटर ९२०० मिलि० को हुन्छ । तीनपानेमा ६० प्रतिशत अल्कोहलको मात्रा हुन्छ ।
प्रतिक्रिया