ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज शुत्रलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।   

हिजो विहिबार प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

हिजो विहिबार प्रतितोला १ हजार १२० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया