४ लाख बढीको कपडा बरामद

४ बर्ष अगाडि

काठमाडौं - भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको ४ लाख बढीको कपडा बरामद गरिएको छ । 

नेपाल भारत सीमा नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १ माकरबाट सशस्त्र प्रहरीले ४ लाख ९ हजार ५ सय मूल्य बराबरको कपडा बरामद गरेको हो । 

सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीलाई देखेपछि मानिसहरु कपडा छाडेर भागेका थिए । नियन्त्रणमा लिइएको कपडा आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीबल नेपाल नं.२६ गण नवलपरासीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया