काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो बुधबार प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
हिजो बुधबार प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार १२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया