तरकारीजन्य बस्तुको मूल्य अत्याधिक वृद्धि, लसुनको भाउ तेब्बरले बढ्यो

४ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा भान्छामा दैनिक प्रयोग हुने तरकारीजन्य बस्तुको मूल्य अत्याधिक वृद्धि भएको छ । 

हरियो प्याजको भाउ अहिले प्रतिकिलो २ सय रुपैयाँको हाराहारीमा छ । गतवर्ष यतिबेला हरियो प्याज १२० रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो ।

यस्तै, हरियो लसुनको पनि भाउ तेब्बरले बढेको छ । गतवर्ष अधिकतम् १४० रुपैयाँ प्रतिकिलो रहेको हरियो लसुन अहिले ३६० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

हरियो धनियाँको भाउ पनि अहिले अत्याधिक बढेको छ । गतवर्ष करिब करिब २ सय रुपैयाँ प्रतिकिलोमा पाइने हरियो धनियाँ अहिले ५ सय रुपैयाँ छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया