काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
हिजो (सोमबार) प्रतितोला ८९ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० रुपैंयाले घटेर प्रतितोलाको मुल्य ८९ हजार रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य भने आज ८८ हजार ५५० रुपैंया कायम भएको छ ।
यस्तै, चाँदीको मुल्य तोलामा ५ रुपैंयाले घटेर प्रतितोला १ हजार १५५ रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार १६० रुपैंया रहेको थियो ।
प्रतिक्रिया