१४ गतेदेखि सिटी सेण्टरमा दशै विशेष व्यापार मेला

४ बर्ष अगाडि

काठमाडौं । नेपाल  चेम्बर अफ कमर्श अन्तर्गतको नेपाल महिला चेम्बरले आश्विन १४ गतेदेखि दशै विशेष व्यापार मेला संचालनमा ल्याउने भएको छ । उक्त मेला देशको राजधानी काठमाडौंको कमलपोखरी स्थित सिटी सेण्टरमा संचालनमा आउन लागेको हो ।  

मेलामा स्वदेशमा उत्पादित कृषिजन्य उत्पादन र अन्य उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिनेछ । जस अन्तर्गत  ढाका, उनी, पश्मिना, आभुषण, हेम्प र अर्गानिक, हर्बल, लत्ता कपडा, फूटवेयर, अर्गानिक चिया एवम् कफी, फ्रेगमेण्टेड क्याण्डल, फेस पेंण्टिङ् आदी सम्बन्धी वस्तुहरु रहने छन् । 

सिटी सेण्टर एशोसियसन पार्टनर रहेको यस मेलाको प्रबर्धन साझेदारमा सोचेको डटकम र मिडिया साझेदारमा सरोकार टिभी रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया