काठमाडौं- चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै साढे ८ अर्ब रुपैयाँको सुन आयात भएको छ भने साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको चाँदी आयात भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार यो दुई महिनामा १ हजार २१५ किलो सुन आयात भएको छ। जसबाट ८ अर्ब ३५ करोड रुपैयाँ बाहिरिएको छ।
यो दुई महिनामा ६९ हजार १५२ केजी चाँदी आयात भएको छ। यो कुल ६ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको हो।
साउन र भदौमा सुन र चाँदी गरी कुल १५ अर्ब १ करोड ६६ लाख रुपैयाँको आयात भएको छ। सुन चाँदीको उच्च आयातले पनि नेपालको व्यापार घाटा यस वर्ष उच्च दरले बढेको छ।
चालु आर्थिक वर्षको दुई महिनामानै नेपालको व्यापार घाटा २ खर्ब ७० अर्ब रुपैयाँभन्दा माथि पुगिसकेको छ। यस वर्ष निर्यात बढेको भए पनि आयात समेत उच्च दरले बढ्दा व्यापार घाटा चुलिएको हो।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना नै ३ अर्ब १६ करोड ४७ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो। एक महिनामा ४५८ किलो सुन आयात भएको विभागको तथ्यांकले देखाउँछ। दोस्रो महिना सुनको आयात अझै धेरै बढेको छ। दोस्रो महिनामा सुनको आयात झनै धेरै बढेको छ। दोस्रो महिना करिब ८०० किलो सुन भित्रिएको छ।
गत आर्थिक वर्षको दशैंसम्ममा बैंकहरुले जम्मा १०० किलो सुन आयात गरेका थिए। गत साउन र भदौ महिनामा १३ करोड ५७ लाख रुपैयाँभन्दा धेरैको सुनका गहना निर्यात समेत भएको छ। तर आयातको तुलनामा निर्यात नगन्य छ।
प्रतिक्रिया