दरबारमार्गका रुम तथा पसलहरुमा आकर्षक छुटसहित दशैं अफर, कुन ब्राण्डेडमा के कति छुट ?

४ बर्ष अगाडि

काठमाडौं-दशैंको अवसरमा बिगतका वर्षहरुमा जस्तै दरबारमार्गमा रहेका विभिन्न ब्राण्डेड कम्पनीका सो रुम तथा पसलहरूले आकर्षक छुट सहितको अफर सार्वजनिक गरेका छन्।

सामान्यतया २० प्रतिशत सम्मको छुट सबैजसो पसलहरूले दिएका छन्। दशैँ, तिहार र छठ पर्वको अवसर पारेर मानिसहरूले नयाँ लुगा, जुत्ता, ब्याग लगायतका सामाग्रीहरू धेरै नै खरिद गर्ने हुनाले त्यस्ता पसलहरूले चाड लक्षित यस्ता अफरहरू सार्वजनिक गरेका हुन्। 

यस्तै, कतिपय ब्राण्डेड उत्पादनमा घोषणा गरिएको ५० प्रतिशतसम्म छुटको अफर रहेको छ । 

कुन ब्राण्डमा के कस्तो छ छुट अफर ?

एडिडास

एडिडासको दरबार मार्ग स्थित सो रुमबाट हरेक उत्पादनमा १० प्रतिशत छुट पाइने भएको छ। ुन्यू अराइबल गुडस्ु मा १० प्रतिशत मात्र छुट दिएको भए पनि गत वर्ष देखिको स्टकमा भने ३० प्रतिशतसम्म छुटको अफर रहेको छ । 

लेविस 

अमेरिकी ब्राण्ड लेविसको दरबार मार्ग स्थित सो रुमले पनि नयाँ सामानमा १० प्रतिशत र पुरानो स्टकमा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ। आज ११ गते सोमबारदेखि दशैको अष्टमीसम्म यसले छुट अफर राख्ने छ।  यसले सिजनेवल गुड्स र सेल्समा ५० प्रतिशतको आकर्षक छुट अफर ल्याएको छ। लेविसका पारखीहरूले दरबारमार्गमा अलावा सिटी सेन्टर, जावलाखेल, ब्लु बर्ड मलबाट पनि यस्ता अफर प्राप्त गर्न सकिनेछ। 

माड अबाउट हाउस 

इटालियन कम्पनीको जुत्ता तथा चप्पल बिक्री गर्दै आएको माड अबाउट हाउसले दशैंमा उपभोक्तालाई लक्षित गरेर आफ्नो सामानमा ५० प्रतिशतसम्मको छुट दिएको छ। कोलियाल्बानी ब्रान्डको जुत्ता तथा चप्पल ग्राहकहरूले यसका सबै सो रुमबाट पनि उही छुटमा लिन सकिनेछ । 

दा मिलानो तथा रोस्सो ब्रुनेल्लो 

दरबार मार्गको क्यापिटल मलमा बिक्री गर्दै आएको प्रसिद्ध इटालियन ब्राण्ड दा मिलानो र रोस्सो ब्रुनेल्लोले ५० प्रतिशतसम्मको छुट अफर ल्याएका छन्। अहिले दशैँ अफर अन्तर्गत कम्पनीका विभिन्न उत्पादनहरूमा २० देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ। 

सिटी वाल्क 

दरबारमार्गमा अवस्थित सिटी वाल्क कम्पनीले दशैंलाई लक्षित गरी आफ्ना ग्राहकहरूलाई २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुटको अफर ल्याएको छ । यो पसलमा २५ सयदेखि ८ हजारसम्मको जुत्ता , १ हजारदेखि ३ हजारसम्मको चप्पल तथा २५ सयदेखि ७ हजारसम्मको तथा ब्यागमा ५० प्रतिशत सम्म छुटको व्यवस्था रहेको छ ।

बेंटले 

छालाका जुत्ता तथा ब्यागका लागि प्रख्यात ब्राण्डेड कम्पनी बेंटलेले पनि दशैंलाई लक्षित गरेर २० प्रतिशत देखि ५० प्रतिशतसम्मको छुट दिएको छ। प्रख्यात मोटर कम्पनी बेंटलेको नामबाट जुत्ता ,चप्पल , ब्याग, लेदरको ज्याकेट उत्पादन गर्दै आएको छ ।

फिला 

सन् १९११ मा इटालीमा स्थापित स्पोर्टवेयर कम्पनी फिलाका ब्रान्डेड उत्पादनहरूमा पनि दशैको अवसरमा आकर्षक छुट दिइएको छ। दरबारमार्ग स्थित यसको सो रुमबाट ५० प्रतिशत सम्मको छुटमा यस्ता उत्पादनहरू किन्न सकिन्छ। फिलाका टिसर्ट, जुत्ता देखि घडीसम्म अहिले विशेष छुटमा किन्न सकिन्छ। 

केटिएम सिटी

नेपाली ब्राण्डका रूपमा आफ्नो छुट्टै पहिचान बनाएको केटिएम सिटीले पनि दशैंलाई केन्द्रमा राखेर दशैं धमाका सेल्स भनेर लत्ता कपडामा भारी छुटको अफर  ल्याएको छ। वर्षभरि नै स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कपडाहरूमा राम्रै छुट दिँदै आएको केटिएम सिटीले दशैंलाई मध्यनजर गरेर छुट्टै अफर ल्याएको हो। यसका सबै आउटलेटमा सुलभ मूल्यमा आकर्षक कपडा किन्न सकिन्छ।  

४ बर्ष अगाडि

प्रतिक्रिया