काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो आइतबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
हिजो आइतबार प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया