राजश्व छलीमा झण्डै २५ अर्बको माग दाबी गरी ४ सय बढी कम्पनी विरुद्ध मुद्धा

४ बर्ष अगाडि

काठमाडौं, राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्षमा झण्डै २५ अर्बको माग दाबी गरी ४ सय बढी कम्पनी विरुद्ध मुद्धा दायर गरेको छ ।

विभागले राजस्व चुहावट गर्ने ३१७ जना विरुद्ध १९ अर्व ८१ करोड र विदेशी विनिमय गर्ने व्यक्ति तथा फर्महरु विरुद्ध ४ अर्व ९४ करोड रुपैयाँ माग गरि मुद्धा दायर गरेको विभागले जनाएको छ । 

राजस्व अनुसन्धान विभागका अनुसार गत वर्ष मात्र राजस्व चुहावट तर्फ १ हजार ७३४ जना विरुद्ध उजुरी परेको थियो । जसमा १ हजार १०१ मुद्धा फर्छौट भएका छन् भने ६३३ मुद्धा चालु अवस्थामा रहेको विभागले जनाएको छ । उजुरी परेका मध्य ३१७ जना विरुद्ध १९ अर्व ८१ करोड माग दावी गरी मुद्धा दायर गरिएको हो ।

त्यसैगरी एक वर्षको अवधिमा विभागमा विदेशी विनिमय तर्फ २५१ उजुरी परेको छ । जसमा ६७ मुद्धा फर्छौट भएका छन् भने १८४ मुद्धा चालु अवस्थामा रहेका छन् । विभागले उजुरी परेका मध्य ११४ जना विरुद्ध ४ अर्व ९४ करोड रुपैयाँ माग गरि मुद्धा दायर गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया