दुई महिनामा झण्डै रु.७ करोडको ग्रीन टि बाहिरियो, सबैभन्दा बढी जर्मनीमा र यसको फाइदाहरु

४ बर्ष अगाडि

काठमाडौं- आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालबाट विभिन्न देशमा झण्डै रु.७ करोडको ग्रीन टि बाहिरिएको छ । 

भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र०७९ तथ्यांक अनुसार नेपालबाट रु.६ करोड ९४ लाख ८१ बराबर ३२ हजार ७७५ किलो ग्रीन टि बाहिरिएको हो । विभागको तथ्यांक अनुसार आ.व.को पहिलो महिनामा मात्र नेपालबाट रु.४ करोड ७२ लाख २१ हजार बराबरको २१ हजार ८७१ किलो ग्रीन टि निर्यात भएको हो ।

नेपालबाट आवको दुई महिना सबैभन्दा बढी ग्रीन टि जर्मनीमा निर्यात भएको हो । जर्मनीमा श्रावण र भदौमा गरि १० हजार १२२ किलो बराबरको ग्रीन टि निर्यात भएको हो । उक्त ग्रीन टि नेपालबाट बाहिरिदाँ २ करोड २९ लाख ३४ हजार रकम नेपाल भित्रिएको हो । जर्मनीमा साउनमा मात्र रु.१ करोड ३८ हजार ७३ बराबरको ६ हजार ६७४ किलो ग्रीन टि निर्यात भएको हो । 

यस्तै, जर्मनी पछि नेपालबाट सबैभन्दा बढी ग्रीन टि निर्यात जापानमा भएको छ । जापनामा दुई महिनामा ५ हजार ४२७ किलो बराबरको १ करोड ३५ लाख २७ हजार बजारको ग्रीन टि निर्यात भएको हो । आ.व.को पहिलो महिना अर्थात साउनमा जापानमा नेपालबाट रु.१ करोड २८ लाख ४५ हजार बराबरको ५ हजार ३६ किलो ग्रीन टि बाहिरिएको थियो । 
अमेरिकीमा भने प्याकेजिङ ग्रीन टि रु.२८ हजारको २० किलो र खुल्ला रु.५८ लाख ६४ हजारको २ हजार ८७९ किलो निर्यात भएको छ । 

यसैगरी, छिमेकी राष्ट्र भारतमा रु.१६ लाख ४० हजार बराबरको ३ हजार २१३ किलो र चिनमा रु.३१ लाख २५ हजार बराबरको २ हजार ३५० किलो ग्रीन टि बाहिरिएको हो । 

आर्थिक वर्षको २ महिनामा कुन देशमा कति निर्यात ?
 

यस्ता छन् यसका फाइदा 

वैज्ञानिकहरुल गरेको एक अध्ययन अनुसार ‘ग्रिन टी’ नियमित सेवन गर्नाले प्रोटेस्ट क्यान्सरको खतरा कम हुने देखिएको छ । यसको नियमित सेवनले पुरुषहरुमा हुनसक्ने क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्छ । दैनिक ६ कपभन्दा बढी हरियो चिया पिउने मान्छेले मुटु रोगबाट ज्यान गुमाउने खतरा ३६ प्रतिशत कम हुने भनाई अनुसन्धान कर्ताहरुको छ । यस अनुपातमा दैनिक चार कप पिउने गरेमा २० प्रतिशत सुरक्षा मिल्ने कुरा बताएका छन् । 

यसैगरी, ग्रीन टीले आखाको ज्योती बढाउन मद्दत गर्छ ।शरीरमा कोलस्ट्रोलको मात्रा घटाउँछ र मुटु सम्बन्धी रोगको सम्भावना कम गर्छ । यसले दिमागको कार्यसंचालन राम्रो गराउने हुनाले दिमाग तेजिलो बनाउँछ । नियमित रुपमा ग्रीन टि पिउनाले जीवनको आयू पनि लम्बिने गर्छ । उच्च रक्तचाप र मधुमेह घटाउन समेत ग्रीन टि निकै नै प्रवाभकारी मानिन्छ ।मानसिक तनाव कम गर्ने ग्रीन टिले एन्टी भाइरल र एन्टी ब्याक्टेरीयलको पनि काम गर्छ। 
 
बजारमा धेरै किसिमका ग्रीन टि आएको छ । त्यस्ता ग्रीन टिमा रंग र स्वादका लागि केमिकल मिसाइएको हुनसक्छ । त्यसैले प्राकृतिक रुपमा प्रशोधन गरिएको ग्रीन टि सेवन गर्नु मात्र लाभदायक हुन्छ । – खाना खानासाथ ग्रीन टि पिउनु हुदैन । साथै ग्रीन टि पिउनसाथ पनि खाना खानु हुदैन । करिव एक घन्टाको अन्तरमा ग्रीन टि पिउन सकिन्छ । – औषधी खाइरहेका वा गर्भवती महिलाले चिकित्सकको सल्लाह अनुसार ग्रीन टि पिउनु राम्रो हो । – विहान उठ्नसाथ खाली पेटमा ग्रीन टि पिउनु हुदैन । सुरुमा मनतातो पानी पिइसकेपछि मात्र ग्रीन टि पिउनु पर्छ
 

४ बर्ष अगाडि

प्रतिक्रिया