दुई महिनामा नै १० अर्बको  मोबाइल फोन आयात, भदौमा मात्र ८ लाख बढी सेट

४ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक बर्ष २०७८/०७९ को दुई महिनामा नै १० अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० अर्ब रुपैयाँ बराबरका १४ लाख मोबाइल फोन नेपाल भित्रिएका हुन् । 

गत साउनमा ४ अर्बका ६ लाख सेट मोबाइल नेपाल भित्रिएको थियो । भन्सार विभागका अनुसार साउन र भदौ महिनामा १० अर्ब ३६ करोड ३५ लाख भन्दा बढी मूल्यको कूल १४ लाख ९८ हजार ७ सय ६५ वटा मोबाइल आयात भएको छ ।

त्यसमध्ये ८ लाख ३१ हजार २ सय ४७ वटा मोबाइल सेट भदौ महिनामा मात्रै आयात भएको विभागको तथ्यांक छ । भदौं महिनामा मात्रै ५ अर्ब ५३ करोड ६७ लाख मूल्य बराबरको मोबाइल आयात भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया