सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, कतिमा हुँदैछ बारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज साताको महिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।   

गत शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार पनि प्रतितोला ८९ हजार रुपैयाँमा नै कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । 

गत शुक्रबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ रुपैयाँले घटेर एक हजार १५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया