हरियो तरकारीको मूल्यमा लगातार वृद्धि, रायोको साग प्रतिकेजी २ सय रुपैयाँ

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौंको बजारमा हरियो तरकारीको मूल्य लगातार बढेको छ । बजारमा विशेष गरी साग, सिमी, बोडी, काउली, गाजर, करेला महँगो छ । काठमाडौंको मुख्य थोक बजार कालीमाटीमै आज तने बोडी किलोको १२० देखि १४० रुपैयाँ थोक मूल्य छ । 

यस्तै, ब्रो काउली र बरेला किलोको १५० देखि २ सय रुपैयाँ, भटमासको कोसा एक सय देखि १२० रुपैयाँ, स्थानीय काउली किलोको ७० देखि ८० रुपैयाँ, गाजर १३० देखि १५०, गान्टे मुला ८० देखि ९० रुपैयाँ, घिउसिमी ८० देखि ९० रुपैयाँ, घिरौँला ७० देखि ८० रुपैयाँ, चम्सुरको साग २२० देखि २५० रुपैयाँ, रायोको साग १८० देखि २ सय रुपैयाँ, टाटेसिमी १४० देखि १६० रुपैयाँ थोक मूल्य छ ।

तरकारीको यो मूल्य खुद्रामा झन् दोब्बर भन्दा धेरैले बढी हुन्छ । धेरैजसो उपभोक्ताले खुद्रा पसलमा नै तरकारी खरिद गर्ने गरेकाले उनीहरूको भान्सा महँगो हुँदै गएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया