काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले सेनेटरी प्याडमा कुनैपनि कर नबढाएको स्पष्ट पारेका छन् । शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सेनेटरी प्याडमा कर बढाएको भनेर कुरै नबुझी भ्रम फैलाइएको बताएका हुन् ।
सेनेटरी प्याड सम्बन्धमा आर्थिक वर्ष २०६९/७० देखि जे व्यवस्था थियो अहिले पनि सोही व्यवस्था रहेको मन्त्री शर्माको भनाइ छ । अनावश्यक भ्रममा नपर्न महिला तथा अन्य सबैलाई शर्माले आग्रह गरेका छन् ।
सेनेटरी प्याडमा मूल्य वृद्धि कहाँबाट भयो रु यसबारे मन्त्रालयले अध्ययन सुरु गरेको उनले जानकारी दिए । ‘प्याड महिलाहरुका लागि अत्यावश्यक र अति जरुरी वस्तुमा पर्नुपर्छ त्यसका लागि अर्थ मन्त्रालय सकारात्मक छ । कर बढाएको भन्ने विषयमा सत्यता छैनु मन्त्री शर्माले भने ।
प्रतिक्रिया