काठमाडौं - सुनको अभाव भएको व्यवसायीले गुनासो गर्दै आएका छन् । तर, अभावको बीचमा पनि सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ ।
केही समय अघि एक तोला सुन खरिद गर्नका लागि १ लाख ३ हजार रुपैँया तिर्नु पथ्र्यो । तर, अहिले सुन खरिद गर्नका लागि प्रतितोला ८९ हजार १०० तिरे पुग्ने भएको छ ।
विश्वभर कोरोना भाइरस उत्कर्षमा पुगेको बेला सुनको मूल्य पनि नयाँ उचाइमा पुगेको थियो । सर्वसाधारणदेखि व्यवसायीले समेत सुनमा गरिएको लगानी सबैभन्दा सुरक्षित भएको भन्दै सुन खरिद गर्न थाल्दा भाउ उकालो लागेको थियो ।
तर, अहिले कोरोना भाइरस बिस्तारै कम हुँदै गएको र लगानीकर्ताले सुनका अलाबा अन्य क्षेत्रमा पनि लगानी गर्न थालेका कारण सुनको मूल्य पनि निरन्तर ओरालो लाग्दै आएको छ ।
प्रतिक्रिया