सुनको मूल्य घट्दा बढ्यो चाँदी, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  

हिजो विहिबार प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य ६०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । 

हिजो प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर एक हजार १६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया