काठमाडौं । मेचीनगर नगरपालिका–१० मा स्थानीय श्रम र सीपको प्रयोग गरेर उत्पादन गर्ने उद्देश्यले रु तीन करोडको लगानीमा नन्दा फुड इन्डस्ट्रिज सञ्चालनमा आएको छ ।
स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलेको संयुक्त लगानीमा सुरु भएको उद्योगले दैनिक एक हजार केजी ‘न्युटे«ला’ उत्पादन गर्दै आएको छ । भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चापदार्थ ल्याएर उत्पादन गरिएको न्युट्रेला २०० ग्रामदेखि पाँच केजीसम्मको प्याकेजिङ गरेर बजारमा पठाइरहेको सञ्चालक घिमिरेले बताए ।
तरकारी र अचारको रुपमा प्रयोग गरिने ‘न्युटेला’ बच्चादेखि वृद्धवद्धासम्मले मन पराउँछन् । इन्डस्ट्रिजमा हाल स्थानीय १२ जनाले रोजगारी पाएका छन् । इन्डस्ट्रिजले हाल नन्दा सुजीको समेत प्याकेजिङ गर्दै आएको छ ।
दैनिक दुई हजार केजी न्युटे«ला उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल नमूना परीक्षणका लागि एक हजार केजी मात्र उत्पादन गर्दै आएको बताए । उनले यहाँ उत्पादित न्युट्रेला स्थानीय बजारमै खपत भइरहेको बताए । एक महिना अघि सञ्चालनमा आएको इन्डस्ट्रिजबाट उत्पादित न्युट्रेला दशैं तिहार पछाडिदेखि पहाडी जिल्ला इलाम, ताप्लेजुङ र पाँचथरमासमेत पठाउने तयारी गरिरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया