काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो मंगलबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य ९०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
हिजो प्रतितोला एक हजार १४० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर एक हजार १६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया