देशभर सुपरमार्केटले सुपथ मूल्यमा सामान बेच्ने

४ बर्ष अगाडि

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको अबसरमा देशभरका चेन सुपर मार्केटहरुले सुपथ मूल्यमा सामान बेच्ने जनाएको छ । 

उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन विभागको पहलमा चेन सुपर मार्केटहरुले सुपथ मूल्यमा सामान बेच्ने भएका हुन् । 

वाणिज्य विभागले भाटभटेनी, सेल्स बेरी, बिग मार्ट, पे एण्ड के मार्ट लगायतका सबै चेन सुपर मार्केटहरुलाई बोलाएर उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन निर्देशन दिएको  हो ।

उनीहरुको सामाजिक उत्तरदायित्व अन्तर्गत चाड पर्वका बेला सुपथ मूल्यमा सामान उपलब्ध गराउन दिएको निर्देशनलाई सबैले सकरात्मक रुपमा लिएर तत्काल व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएको विभागका प्रवक्ता शिवराज सेढाईले बताए । 

न्युन आय भएका आम उपभोक्ताले पनि सुपर मार्केटबाट सुपथ मूल्यमा चाडपर्वको सामान खरिद गर्न सकुन् भन्ने उद्धेश्यले यस्तो पहलकदमी लिइएको विभागले जनाएको छ । सुपर मार्केटहरुले विभागको निर्देशन अनुसार सुपथ मूल्यमा सामान बिक्री गरे नगरेको, सूपथ मूल्यको सूचना तथा मूल्य सूची सार्वजनिक गरे नगरेको अनुगमन गरी अटेर गर्नेलाई कार्वाहीको दायरामा ल्याइने पनि विभागले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया