यो साता सुनको मूल्य १२०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२०० रुपैयाँले घटेको छ । 

गएको आइतबार प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबार ८९ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य ४०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ रहेको छ । 

यस्तै अहिले चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया