५० करोड ५९ लाख राजस्व संकलनको लक्ष ४१ करोड ७५ लाख मात्र संकलन

४ बर्ष अगाडि

काठमाडौं - रसुवा भन्सार कार्यालय टिमुरेले भदौ महिनामा लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा राखेको लक्ष्यको ८२.५३ प्रतिशत मात्र राजस्व संकलन गरेको हो । 

रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार भदौ महिनामा कार्यालयले ५० करोड ५९ लाख ८७ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, ४१ करोड ७५ लाख ४३ हजार मात्र राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८ करोड ८४ लाख ४४ हजार कम हो । 

कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्य भन्दा ७१.४० प्रतिशत बढी राजश्व संकलन गरेको थियो । तर, चालु आर्थिक वर्षको दोस्रो महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन । 

रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षमा ६ अर्ब २८ करोड ७५ लाख ६७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । वार्षिक लक्ष्यको साउन र भदौ महिनामा १६.८५ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया