महिनाको पहिलो दिन १४०० घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज महिनाको पहिलो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।  

हिजो प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

हिजो बिहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य १४०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।  

हिजो प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया