काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो बुधबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य ७०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।
हिजो प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ । चाँदी तीन दिन देखि लगातार स्थिर हुँदै आएको छ ।
प्रतिक्रिया