काठमाडौं, ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ।
अहिले ब्रोइलर कुखुराको मासुको भाउ घटेर प्रतिकिलो ३०५ रुपैयाँ कायम गरिएको छ। यसअघि मासु प्रतिकिलो ३२० रुपैयाँ रहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
यसैगरी जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ निर्धारण गरिएको संघले जनाएको छ। यसअघि जिउँदो कुखुरा प्रतिकिलो २३० रुपैयाँ थियो।
संघका अनुसार हाल दैनिक ४ लाख किलो ब्रोइलर कुखुराको मासुको खपत भइरहेको छ।
प्रतिक्रिया