६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो मंगलबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य ६०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।  

हिजो प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया