वार्षिकोत्सवको अवसरमा साल्ट ट्रेडिङद्धारा सम्मान र पुरस्कार

४ बर्ष अगाडि

काठमाडौं, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५९औँ वार्षिकोत्सव मनाएको छ ।

कर्पोरेसनले सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाको उत्थानमा काम गर्ने सामाजिक संघ–संस्था तथा व्यक्तिहरूलाई बालहितकारी पुरस्कार, उत्कृष्ट काम गर्ने कमचारीलाई हेमबहादुर मल्ल तथा ईश्वरलाल श्रेष्ठको नाममा उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गर्ने गरिएको छ । 

कर्पोरेसनले ‘बालहितकारी पुरस्कार–२०७७’ ग्रामीण जीवनस्तर सुधार मञ्चले सञ्चालन गरेको हाम्रो घर हेरौँ र ‘बालहितकारी पुरस्कार–२०७८’ ललितपुर धापाखेलको नवकिरण अनाथ–असहाय बालउत्थान समाजलाई पुरस्कार राशि ताम्रपत्रसहित ७५ हजार रुपैयाँ प्रदान गरेको छ ।  

त्यस्तै, ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार–२०७७’ अधिकृतस्तरमा जुग्नु भद्रचन, ननअधिकृतस्तरमा सुजन महर्जन र स्तरविहीनमा बमबहादुर बस्नेत तथा ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार–२०७८’ अधिकृतस्तरमा सम्झना श्रेष्ठ, ननअधिकृतस्तरमा निर्मल तामाङ र स्तरविहीनमा कलप्रसाद रिजलालाई प्रतिव्यक्ति ३० हजार रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिएको छ । 

‘ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार–२०७८’ अधिकृतस्तरमा प्रज्वलमान प्रधान, सहायकस्तरमा चन्द्रदत्त ढकाल र स्तरविहीनमा हरिरमा रोक्कालाई प्रतिव्यक्ति नगद ३५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ । त्यस्तै, कर्मचारीका छोराछोरीमध्ये एसइईमा उत्कृष्ट अंक ल्याउनेलाई विभिन्न छात्रवृत्ति प्रदान गरिएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया