यो साता नेपाली बजारमा ८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाली बजारमा ८०० रुपैयाँले सुनको मूल्य घटेको छ । गएको आइतबार सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासङ्घको अनुसार हिजो शुक्रबार सम्म आई पुग्दा उक्त सुनको मूल्य ९० हजार ७०० पुगेको हो । अहिले सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया