कर विवरण बुझाउने समय थप, कहिले सम्म ?

४ बर्ष अगाडि

काठमाडौं - कर विवरण बुझाउने समय थप गरिएको छ ।

आन्तरिक राजश्व विभागले एक विज्ञप्ती जारी गर्दै करदाताले भदौ महिनाको २५ गतेभित्र बुझाउनु पर्ने करका साथै खरिद बिक्री खाताको विवरण बुझाउने म्याद भदौ ३१ गतेसम्म थप गरेको जानकारी गराएको छ ।

विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका करदाताले प्राविधिक कठिनाइको कारणले साउन महिनाको बिक्री खाता र खरिद खाता अपलोड गर्न नसकेकाले समय थपेको विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार २५ भदौभित्र पनि विवरण बुझाउन नसक्ने करदाताले साउन महिनाको बिक्री तथा खरिद कारोबारको विवरण भदौ ३१ गतेभित्र अनिवार्य रुपमा अपलोड गर्नुसक्ने व्यवस्था गरेको छ ।

साथै थपिएको अवधिसम्म पनि कर विवरण नबुझाएमा भने तोकिए अनुसार जरिवाना हुने विभागले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया