बढ्यो सुन चाँदीको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो विहीबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

विहीबारको तुलनामा आज सुनको मूल्य १०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

हिजो विहीबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर एक हजार २१०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया