आज तीजको दिन घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व । नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो बुधबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

बुधबारको तुलनामा आज सुनको मूल्य १०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । 

हिजो बुधबार प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर एक हजार २१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया