बल्खु तरकारी बजार डुबानमा : १ करोडको क्षति, तत्काल खोल्न नमिल्ने

४ बर्ष अगाडि

काठमाडौं - आज रातभर आएको अविरल वर्षाका कारणले बल्खु र बालाजु क्षेत्र डुबानमा पर्दा त्यस क्षेत्रका तरकारी बजारमा क्षति पुगेको छ । पानीले बल्खु र बालाजु क्षेत्र डुब्दा त्यहाँ सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति पुर्याएको हो । 

बल्खु बजार सञ्चालककाअनुसार पानीले तरकारी बजारमा करिब १ करोड रुपैयाँको क्षति पुर्याएको छ । बजारमा बेच्न राखिएका तरकारीमा पानी पसेर र बगेर क्षति पुगेको हो ।

तरकारी बजारमा पसेको पानीले डुबाएको÷बगाएको तरकारी कामै नलाग्ने गरी क्षति पुगेका कारण १ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको तरकारी बजारले जनाएको छ । बजार तत्काल खोल्न नमिल्ने गरी क्षति पुगेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया