आज सुनको मूल्य ६०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज सुनको मूल्य ६०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  

गत शुक्रबार प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार २३० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया