काठमाडौं - नेपालको सबैभन्दा ठुलो र अग्रणी सुपरमार्केटको छाप बनाएको भाटभटेनीले शनिबार सुनसरीको इटहरीमा १९ औं शाखा शुभारम्भ गरेको छ ।
उपत्यकामा अपार सफलता पछि प्रदेश एकका मुख्य शहरहरूमा शाखा स्थापना गर्ने क्रममा धरान, बिराटनगर, हुँदै १९ औँ शाखा इटहरीमा शुभारम्भ भएको हो ।
उक्त शाखालाई नेपालकै सबैभन्दा ठुलो मानिएको छ । करीब ३ अर्बको लगानी रहेको सुपर मार्केटलाई सञ्चालक मिनबहादुर गुरूङले हिन्दु परम्पराअनुसार पुजा गरेर औपचारिक उद्घाटन गरेका थिए ।
पूर्वपश्चिमराजमार्गअन्तर्गत इटहरी १७ लविपुरमा शनिबारदेखि शुभारम्भ भएको भाटभटेनीमा तिन वटा ब्लक रहेका छन् । विभिन्न आवश्यकीय सामग्री किनमेलसँगै मनोरञ्जन प्रदान गराउन मार्केटभित्रै सिनेमाहल सञ्चालन हुने भएको छ ।
प्रतिक्रिया