यो साता ७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाली बजारमा ७०० रुपैयाँले सुनको मूल्य घटेको छ । गएको आइतबार सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासङ्घको अनुसार हिजो शुक्रबार सम्म आई पुग्दा सुनको मूल्य ९० हजार ९०० पुगेको हो । अहिले सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै चाँदी  प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया