काठमाडौं, शौर्य सिमेन्टले नेपाली बजारमा आफ्ना उत्पादन बिक्री वितरण सुरु गरेको छ । सिरहाको मिर्चैयामा रहेको शौर्य सिमेन्ट इन्डष्ट्रिजले ओपसी, पीपीसी, पीएससी र ली अल्कली ४३ र ५३ ग्रेडको गरेर जम्मा चार थरीका सिमेन्टहरु उत्पादन गर्छ ।
कम्पनीले दैनिक ७० हजार बोरासहित ३५ सय मेट्रिकटन उत्पादनको क्षमता राख्छ । इन्डष्ट्रिजले सिमेन्ट उत्पादनमा गुणस्तरीय कच्चा पदार्थको मुख्य कच्चा पदार्थको स्रोत उदयपुर चुनढुंगा खानी भएको जनाएको छ । कम्पनीले मुलुकको ७७ वटै जिल्लामा सरल डिलरसिप मार्फत आफ्नो सेवा सुविधा पुर्याउने रहेको लक्ष्य रहेको जनाउदैँ हाल यसको पहुँच देशका प्रमुख शहरसम्म पुगिसकेको बताएको छ ।
प्रतिक्रिया