सुनको मूल्य बढ्दा घट्यो चाँदी, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । विहिबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

हिजो विहिबारको तुलनामा आज सुनको मूल्य १०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।  

विहिबार प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया