काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
हिजो बुधबारको तुलनामा आज सुनको मूल्य २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ ।
बुधबार प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया