काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
हिजो मंगलबारको तुलनामा आज सुनको मूल्य २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
मंगलबार प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया