आज नेपाली बजारमा घटबढ भएन सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ९१ हजार ६०० रुपैयाँमा नै कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । 

गत शुक्रबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया